३० भदौं
पर्वत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रति असन्तुष्टि जनाउँदै कुश्मा नगरपालिका–८ चुवाका २९ जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । तीनै तहमा नेकपाको सरकार भए पनि नेताहरु जनताको पक्षमा भन्दा आफ्नो व्यतिगत फाइदाका लागि मात्रै काम गरेको भन्दै उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।
स्थानीय थमन विक, अनिल विक र रमेश परियारको नेतृत्वमा विगत लामो समयदेखी नेकपामा संगलग्र युवाहरु काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस चुवाले जनाएको छ । प्रवेश गर्नेहरुमा थमन विक, अनिल विक, रोशन परियार, संगम परियार, दिपक परियार, रमेश परियार, सुमन विक, गोविन्द परियार, रोहित परियार, राहुल परियार, अर्जुन परियार, अर्का अर्जुन परियार, टंक वहादुर परियार, सन्तोष परियार, प्राविण वि.क, शुभाष वि.क, सोनम परियार, सुमन लामा, सुमन मगर, प्रवेश विक, सुनिल वि.क, श्याम परियार, सुभाष परियार, आशिष परियार, आकाश परियार, अनिस मगर, सन्तोष परियार लगायत २९ जना प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुन प्रसाद जोशीले सदस्यता प्रदान गदै फुल, मालाले स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गदै नेता जोशीले सरकारको कार्यशैलीका कारण पछिल्लो समय देशभरी नै काँग्रेसमा प्रवेश गर्नेहरुको लहर चलेको बताए । जोशीले महाधिवेशनको संघारमा युवाहरुको प्रवेशले पार्टीलाई नयाँ दिशामा पु¥याउने जिकिर गरे ।
देश कोरोना संक्रमणको मारमा रहेका बेला वर्तमान सरकारले कात्रोमाथी पनि कमिशन खाने घृणित काम गरेको धारणा राख्दै नेता जोशीले भने–‘सरकारका मन्त्रीहरु ‘कसले बढी कमाउने ?’ भन्ने होडमा छन् , उनीहरुको भ्रष्टाचार र लुटतन्त्रले राष्ट्रिय ढिकुटी रित्तिने खतरा बढेको छ । कोरोनाका कारणले भन्दा बढी भ्रष्टाचारले देशमा गहिरो आर्थिक संकट निम्तिने अवस्था देखिनु दुःखद हो ।’
नेकपाको नीति एकातिर र नेताको काम ठिक अर्कोतिर रहेको बताउँदै जोशीले भने,–कम्युनिष्टले हिजो वर्गीय नारा उठाए, गरिवको पार्टी भनेर प्रचार गरे, जनताले पनि विश्वासले भोट दिए, आज रुँदै रुँदै अत्यधिक कर तिर्न बाध्य छन् । वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकोले सत्ताधारी पार्टीप्रति जनतामा वितृष्ण पैदा भएको जोशीले दाबी गरे ।
कार्यक्रममा नेपाली काँग्रेस यातयात व्यवस्था विभागका केन्द्रिय सदस्य एवम् काँग्रेस पर्वतका जिल्ला सदस्य शिव सुवेदी, अर्को जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, नेपाल निजामति कर्मचारी युनियन संघ केन्द्रिय उपाध्याक्ष एमव् गण्डकी प्रदेशका संयोजक शिव अधिकारी, नेपाल टे«ड युनियन काँगेस पर्वतका अध्यक्ष सुरेन्द्र केसी लगायतले बोल्नुभएको थियो । नेपाली काँग्रेस चुवाका सभापति देविप्रसाद पोखरेलको सभापतित्वमा भएको कार्यक्रमा स्वागत चुवाका वडा अध्यक्ष राजकुमार क्षेत्री र कार्यक्रमको संचालन चुवाका पार्टी सचिव लक्ष्मण पौडेलले गर्नुभएको थियो ।









