३० भदौं
पर्वत । फलेवास नगरपालिका ४ मुडिकुवाका पहिरो पीडितलाई पर्वत सेवा समाज नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । सोमवार विहान आएको बाढिपहिरोवाट ज्यान गुमाएका परिवारलाई समाजले १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।
राहात रकम पर्वत सेवा समाज नेपाल पर्वतका उपाध्यक्ष गणेशबहादुर क्षेत्री,मानव अधिकार संगठन पर्वतका अध्यक्ष माधव पौडेल, उपाध्यक्ष जगत सापकोटा, नवराज भण्डारी, समाजसेवी अच्यूत तिवारी, नेपाली काँग्रेस मुडिकुवाका सभापति पुर्नाखर गौडेल,वालकृष्ण जैसी लगायतको टोलीले संयुक्त रुपमा पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् ।
मानिस जन्मे पछि मृत्यू अवश्यभावी छ भन्दै पर्वतका उपाध्यक्ष गणेश वहादुर क्षेत्रीले स्वार्गिय वालकिा निकिता वि क प्रति श्रद्धान्जली अर्पण गर्दै शोक सम्तव्ध परिवारमा गहिरो समवेदना अर्पण गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन समजका सदस्य अच्यूत तिवारीले गर्नु भएको थियो ।

भदौ २८ गते राती आएको अविरल बर्षाका कारण सोही स्थानका नविन विकको ३ बर्षिय छोरी निकिता विकको ज्यान गएको थियो ।
पीडितलाई थोरै भएपनि राहात स्वरुप नगद उपलव्ध गराईएको पर्वत सेवा समाज नेपाल पर्वतका अध्यक्ष मुना भुषालले बताउनुभयो ।

भौतिक रुपमा उपस्थित हुन नसकेपनि पीडितको पीडामा मलम लगाउने प्रयास गरेको उहाँको भनाई छ । पर्वत सेवा समाज नेपाल पर्वतले विगतमा पनि विभिन्न सहयोग गदै आएको र भावी दिनमा पनि सहयोग गदै जाने अध्यक्ष भुषालले जानकारी दिनुभयो ।
सोहि कार्यक्रममा कुश्मा नगरपालिका ५ निवासी रमेश श्रेष्ठको छोरीले ४ हजार नगद सहयोग गर्नुभएको थियो ।









