२९ भदौं

पर्वत ।पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यू भएको छ । अविरल वर्षका कारण राती गएको पहिरोले घरमा सुतिरहेको अवस्थामा वेपत्ता भएकी वालिकाको सव विहान भेटिएको हो ।

स्थानीय नबिन विकको घर पहिरोले पुरिँदा उहाँकी दुई बर्षिय छोरी निकिता विक पहिरोमा पुरिएर बेपत्ता हुनुभएको हो । गाउँलेले घाईते अवस्थामा तीनजनाको उद्धार गरेर पर्वत अस्पतालमा ल्याएका छन् । वेपत्ता वालिाको सव पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईएको छ । पहिरोले बगाएर बाँसको झाँगमा पुराएको अवस्थामा तीनजनाको उद्धार गाउंलेले गरेका थिए ।
चुरी गाउँबाट पहिरो आएर घर पुरिएको स्थानिय घनश्याम भुसालले बताउनुभएको छ । दोबिल्ला फलेवास सडक समेत पहिरोले क्षतबिक्षत भएको छ । स्थानीय थानेश्वर भुसालको गोठ पनि पहिरोले पुरिएको छ ।

यता स्थानीय रामप्रसाद तिवारी गोठ पनि पहिरोले पुरेको छ । गोठ पुरिँदा एउटा गोरु,भैसी समेत मरेका छन् । क्षतीको पूर्ण विवरण आउन बाँकी रहेको वडाध्यक्ष टिकाराम गौँडेलले जानकारी दिनुभयो । जिल्ला वाट गएको सुरक्षा निकायले उद्धारको कार्य गरिरहेको छ ।