२६ भदौं

पर्वत । पर्वतमा पहिलो पटक समुदायमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको कुश्मा नगरपालिका वडा –३ का ६८ वर्षिय बृद्ध र वडा – ४ का २३ वर्षिय एक पुरुषमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । दुवै जना कन्ट्रयाक्ट ट्रेसिङमा परेको निर्देशनालयले जनाएको छ ।
संक्रमितहरुलाई कुश्माको आइशोलेशन अस्पतालमा लैजाने तयारी भएको सिसीएमसी पर्वतले जनाएको छ ।
उनीहरु सँगै पर्वतमा कोरोना संक्रमितको संख्या १ सय १२ पुगेको छ ।

यस अघि १ सय ३ जना उपचारपछि फर्किसकेका छन् भने ९ जनाको आइशोलेशनमा उपचार भैरहेको छ ।