२४ भदौं
उपत्यकाकामा बिहीबारदेखि ब्यापार ब्यवशाय र यातायात खुल्ने भएको छ । उपत्यकाका तीनवटै जिल्लाको प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शर्तसहित यातायात र ब्यवशाय खोल्न दिने निर्णय गरेको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकार जनकराज दाहालका अनुसार सार्वजनिक र निजी यातायातमा जोरबिजोर लागू गर्ने र व्यापार व्यवसायलाई शर्तसहित खोल्न दिने टुंगोमा प्रशासन पुगेको छ । अन्य क्षेत्रका लागि भने भदौ ३१ गतेसम्म निषेधाज्ञा जारी रहने उनले बताए ।
योसंगै भदौ ३ गते देखि काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधबार रातिबाट सकिनेछ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आधिकारिक निर्णय सार्वजनिक गर्ने तयारी गरिररहेका छन् । शर्तहरुबारे जिल्ला प्रशासनको औपचारिक निर्णयमा विस्तृत खुलाइने छ । तर काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ । शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।









