२४ भदौं

पर्वत । नेपाल विद्यार्थी संघ ईकाई कार्य समिति हिमालय माध्यमिक विद्यालयले यहाँको एक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटमा अवस्थित कामाधेनु प्राविका विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयमा २० जना विद्यार्थी अध्ययनरत छन् ।

लकडाउनका कारण विद्यालय शुचारु हुन नसकेपनि विद्यार्थीको समस्यालाई मध्येनजर गदै कार्यक्रमको आयोजना गरिएको नेवि संघ हिमालय माविका इकाई सभापति विवेक गिरीले जानकारी दिनुभयो । पूर्व योजना अनुसार कार्यक्रम मिति तय गरेका कारण लकडाउनको अवधीमा शैक्षिक सामग्री वितरण गरेको उहाँको भनाई छ ।

कार्यक्रमलाई सफल बनाउन नेपाली काँग्रेस पर्वतका पार्टी सचिव विश्व प्रकाश प्रसाई, नेपाली काँग्रेसका युवा नेता एवम् महाधिवेशन प्रनिनिधी राजेन्द्र प्रसाद तिवारी, काँग्रेस जिल्ला सदस्य सरस्वती शर्मा ‘जिज्ञासू’ र नेपाल विद्यार्थी संघका नेता शिशिर शर्मा पौडेलले सहयोग गर्नुभएको थियो । ईकाई अध्यक्ष बिबेक गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुडामणि शर्मा, विद्यार्थी नेता शिशिर शर्मा पौडेल, नेवि संघ मोदी गाउँपालिकाका सचिव बिजय खत्री, विद्यालयका प्रधानाध्यापक ऋषिराम सुवेदी, कोइराला युबा नेतृत्व पर्वतका सदस्य झलक राज रेग्मी लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य इकाइ उपाध्यक्ष सुमन सुवेदी र कार्यक्रम संचालन सचीव नोदराज रेग्मीले गर्नुभएको थियो ।