१९ भदौं
पर्वत । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालका अध्यक्ष रत्न प्रसाद अधिकारीका कान्छा सुपुत्र एवम् रोटरी क्लव अफ पर्वतका आगामी अध्यक्ष उत्तम प्रसाद अधिकारीका भाई खेमराज अधिकारीप्रति आज विभिन्न संघसंस्थाहरुले श्रद्धान्जली अर्पण गरेका छन् ।
विहिवार मोदी गाँउपालिका, वडा नं. ५ वाजुङ खँदरा स्थित अधिकारी निवासमा पुगी रोटरी क्लव अफ पर्वत, नेष्डो नेपाल, नेष्डो लघुवित्त वित्तीय संस्था लिमिटेड, अमरटिका प्रतिष्ठान नेपाल, नेष्डो वचत तथा ऋण सहकारी संस्था लि. इनरह्वील क्लव अफ पर्वत र रेडियो समृद्ध नेपाल ९२ मेगाहर्जले संयुक्त रुपमा दिवंगत आत्माप्रति श्रद्धान्जली एवम् शोकाकुलजनमा समावेदन अर्पण गरेका हुन ।
श्रद्धान्जली अर्पण गर्दै रोटरी क्लव अफ पर्वत एवम् नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले मानिसको जन्मसंगै मृत्यू अनिवार्य भएता पनि मानिस जीवन्त रँहदा खेलेको भुमिकाले मुत्यूको मुल्याङ्कन हुने वताउनु भयो । मानिसको पारिवारीक संरचना, सामाजिक संलग्नता र व्यक्तिगत व्यवहारले मृत्युलाई मुल्यवान वनाउने भन्दै उहाँले कसैलाई कुदृष्टीले नहेर्ने, कसैप्रति कुसोच नराख्ने अनि सवैलाई दुखमा साथ र सहयोग दिने स्वर्गिय खेलेन्द्रको व्यवहारलाई सवैले अनुशरण गर्नुपर्नेमा जोड दिनु भयो ।
यसै गरी श्रद्धान्जली व्यक्त गर्दै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. का सञ्चालक एवम् रोटरी डिष्ट्रिक ३२९२ का पुर्व असिस्टेन्ट गर्भर रेशम वहादुर खत्रीले परिवारका सदस्यलाई गुमाउँदाको पिडामा धैर्य धारण गर्दै आफ्नो पारिवारीक तथा सामाजिक जिम्मेवारीलाई पुरा गर्नुपर्नेमा जोड दिनु भयो ।
श्रदान्जलीको क्रममा रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष एवम् लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्रीले स्वर्गिय भाईसंग धेरै सहकार्य गर्ने मौका नमिलेता पनि वुवा र दाजुसंग आँफूले डेढ दशकदेखि सहकार्य गर्दै आएको वताउदै अधिकारी परिवार एक सामाजिक परिवार भएकाले खेलेन्द्रको निधनले सामाजिक क्षेत्रले पनि अपुणीय क्षेती पुगेको वताउनु भयो । रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्षहरु शिव शर्मा पौडेल, गणेश पौडेल, नेष्डो नेपालका महासचिव प्रेम प्रसाद पौडेल, क्लवका पुर्व अध्यक्ष एवम् इनरह्वील क्लव अफ पर्वतका पुर्व अध्यक्ष सावित्री खत्री क्षेत्री, क्लवका सहकोषाध्यक्ष राजेश पौडेल, कमिटी चियर हिम वहादुर पौडेल, नवराज भण्डारी, अज्यूत तिवारी, आरसी पौडेल लगायतले शोक व्यक्त गर्नु भएको थियो । रोटरी क्लव अफ पर्वतका अध्यक्ष रमेश शर्माको अध्यक्षता, नेष्डो समृद्धका मानव शंसाधन अधिकृत इश्वरी शर्माको सञ्चालनमा सम्पन्न श्रद्धान्जली कार्यक्रममा स्वर्गिय अधिकारीका वुवा रत्न प्रसाद अधिकारीले परिवारको तर्फवाट आभार व्यक्त गर्नु भएको थियो ।
यसै विच स्वर्गिय अधिकारीको दुखद निधनप्रति पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, पर्वत जिल्ला अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी, नेपाल पत्रकार महासंघ, पर्वतका पुर्व अध्यक्ष दुर्गा प्रसाद शर्मा, नीजी तथा आवसीय विद्यालय संगठन, प्याव्सनका अध्यक्ष वलाराम शर्मा, पुर्व अध्यक्ष हिम वहादुर पौडेल, कुश्मा नगर अध्यक्ष इन्द्रमान खत्री, शहिद परिवार सदस्य देव शर्मा, संजिवनी शहकारी संस्थाका अध्यक्ष वावुराम तिमिल्सिना लगायत वाजुङ स्थित अधिकारी निवास पुगी श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।
स्वर्गिय खेमराज अधिकारी, गत भाद्र १२ गतेका दिन ह्दयघातको कारण मोदी गाँउपालिका, वडा नं. ५ वाजुङमा दिवंगत हुनु भएको थियो ।