१८ भदौं
बाग्लुंग । बाग्लुंगको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढीमा बेपत्ता ११ जनाको शव फेला परेको छ। बुधवार राती आएको पहिरोमा वेपत्ता भएकामध्ये बिहिबार बिहान १० बजेसम्म ११ जनाको शव भेटिएको घटनास्थलबाट प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिएका छन ।
रातको ११ः३० बजे ढोर देउरालीबाट बगेको पहिरोकासँगै आएको भूजीखोलाको बाढीले खोला किनारका बस्ती बगाएको छ । खोला किनारामा रहेका ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० भन्दा बढी घर बगाएको स्थानीय कुशल बिकले जानकारी दिएका छन । बाढिसँगै धेरै बगेको र दर्जनौ सम्पर्कबाहिर रहेकोमा बिस्तारै हराएका भनिएकाहरु सम्पर्कमा आउने क्रम पनि बढेको छ ।
मृतकमध्ये ५ जना पुरुष र एक बालिकासहित ६ जना महिला छन्। भेटिएका शवमध्ये ढोरपाटन नगरपालिका वडा नम्बर ९ की २६ वर्षिया केशमाया बिक को सनाखत भएपनि खोलाले बगाउदाँ छतविक्षत भएकाले अन्य शवको सनाखत अहिलेसम्म हुन सकेको छैन ।
भेटिएका शवहरुमध्ये केहि खोलामा बाढीसँगै आएका रुखमा च्याँपिएका पुलको लठोमा अड्केको तथा बालुवामा पुरिएको अवस्थामा भेटिएका हुन । बाढीले सडक छेउमा पार्किङमा राखेको जीप, २ वटा विद्युत गृह, स्वास्थ्य चौकी भवन, एक वटा झोलुङ्ले पुल, ढोरपाटन ९ को सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय भवनसमेत बगाएको छ।
ढोरपाटनको वडा नम्बर ६,७ र ८ मा नेपाली सेनाको टोली पुगेर घटनास्थलमा उद्धार कार्य शुरु गरेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । वढि तथा घटनाको निरिक्षण गर्न गृहमन्त्री राम वहादुर थापा सहतिको टोली हेलिकप्टर मार्फत बागलुङ आउने तयारी भएको प्रमुख जिल्ला अधिकारी न्यौपानेले वताए । प्रजिअ सहितको टोली घटना स्थल तर्फ जादै छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीका अनुसार बाढीमा बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ बस्ने ३५ वर्षीया कौशला पुन, उनको ६ वर्षीय छोरा हिक्मत पुन, ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, २८ वर्षीया कुमारी बि।क।, १९ वर्षीया पुतली बि।क।, ३२ वर्षीया करमती घर्ती मगर, ३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनको ६ वर्षीय छोरा रहेका छन् ।
यसैगरी ५५ वर्षीया डोटी पुन, ५२ वर्षीया टुलमती पुन, गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएको २४ वर्षीय नविन भण्डारी बेपत्ता भएका छन् भने भण्डारी सँगै घुम्न गएका अन्य ३ जना सकुशल छन ।









