१७ भदौं
पोखरा ।  पोखरामा आज एकै दिन २३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा २० जना नेपाल प्रहरीमा कार्यरत छन् । उनीहरु सबै पुरुष प्रहरी हुन् । अन्य पोखरा १४ मा दुई जना र पोखरा १३ मा एक जना संक्रमित भेटिएका छन् । योसंगै गण्डकी प्रदेशमा ३६ जना संक्रमित थपिएका छन् ।

जसमा तनहूँमा दुई जना, लमजुङमा चार जना, नवलपरासी पूर्वमा सात जना कोरोना संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । तनहूँमा भेटिएकी एक जना महिला संक्रमित पोखरास्थित पार्क ल्याण्ड अस्पतालकी स्टाफ नर्स भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा कूल कोरोना संक्रमितको संख्या २२ सय ४६ जना पुगेका छन् ।