१५ भदौं
नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार विभिन्न जिल्लामा ३०३ महिला र ५९६ पुरुष गरेर ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३९ हजार ४६० पुगेको छ ।
यस्तै प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ५८८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय २८ पुग्यो ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर ६ लाख ९३ जार ४६० जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा ७ हजार ३३७ जना क्वारेन्टाइनमा छन् भने १७ हजार ८२२ जना सक्रिय संक्रमित रहेका छन् ।









