३ भदौं
पोखरा । गए राती पोखराको मालेपाटनमा बोलेरो जिपले ठक्कर दिंदा मोटरसाइकलमा सवार एक प्रहरीको मृत्यु भएको छ भने, एकजना घाइते भएका छन् ।
निषेधाज्ञाको पूर्व सन्ध्यामा वडा प्रहरी कार्यालय बैदामबाट ड्युटीमा खटिएको क्विक रेस्पोन्स टिम (QRT) को ग १ ब ३६९ नम्वरको मोटरसाइकललाई ग २ च २६२६ नम्वरको बोलेरो जिपले राती अन्दाजी १:०५ बजेको समयमा पछाडिबाट ठक्कर दिंदा प्रहरी जवान चन्द्र बहादुर बगालेको मृत्यु भएको कास्कीका प्रहारी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।
हमालका अनुसार जिपको ठक्करबाट गम्भीर घाइते भएका बगालेलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएपनि उपचारकै क्रममा १ :५० बजे मृत्यु भएको हो , बगालेको घर पाल्पा हो ।
घटनामा घाइते मोटरसाइकलको पछाडी सवार बर्दिया घर भएका प्रहरी हवल्दार डम्बर बहादुर थारुको उपचार भैरहेको छ । उनको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको छ । ठक्कर दिने जिपलाई नियन्त्रणमा लिइएको हमालले जानकारी दिए ।









