३२ साउन
काठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा पर्साका एक पुरुष र मोरङकी एक महिला रहेकी छिन् ।

यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १०४ पुगेको छ । यस्तै आज थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १३४ जना निको भएर घर फर्किएका छन् । यस्तै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ । जसमध्ये १७ हजार ३३५ जना निको भएर घर फर्किएका छन् ।