२३ साउन
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ४६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । जसमध्ये १५ हजार ८१४ जना निको भएर घर फर्किएका छन् ।









