२३ साउन

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

मृत्यु हुनेमा पर्साका ४५, ७९ र ५७ गरी तीनजना पुरुष, सिरहाका २५ वर्षीय पुरुष, सर्लाहीका ४५ वर्षीय पुरुष रहेका छन् ।