१७ साउन
दाङ । दाङको तुलसीपुर उपनगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई १४ लाख ४८ हजार ७ सय ९६ रुपैयाँसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
स्रोत नखुलेको अवैध रकम लिएर दाङबाट काठमाडौँ डिहेको सूचना आधारमा आयोगको टोलीले उपाध्ययलाई शुक्रबार साँझ नागढुंगा नाकाबाट नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपाध्याय चढेको सरकारी गाडी बा २ झ ४०९९ नम्बरलाई चेकजाँच गर्दा निजको साथबाट स्रोत नखुलेको नगद १ लाख २४ हजार ७५० र फिक्स डिपोजिट तथा बैंक डिपोजिट १३ लाख २४ हजार ४६ रुपैयाँको रसिद बरामद गरिएको आयोगमा प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए। उनलाई अहिले अनुसन्धानका लागि अख्तिायारको हिरासतमा राखिएको छ।
उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत स्रोत नखुलेको रकमसहित आयोगको नियन्त्रणमा परे पछि उपमहानगरका कर्मचारी र जनप्रतिनिधिमा हंगामा भएको छ। स्रोतका अनुसार केही कर्मचारी र जनप्रतिनिधिको नाम समेत त्यो काण्डमा जोडिएको छ।
नगरमा भएका पूर्वाधार निर्माणका काम र क्रसर, ढुङगागिटी लगायतको क्षेत्रबाट ठेकेदारबाट रकम असुेलेको हल्ला नगर भित्र चल्न थालेको छ। केही दिन अघि मात्रै महानगरपालिकाको १८ नम्बर वडामा ठेकेदारबाट कमिसन असुलेको विषय सार्वजनिक भएको थियो।
कर्मचारीलाई गलत व्यवहार गर्दा प्रमुख प्रशासकीय अधिकृत अख्तियारको फन्दामा परेको कर्मचारी बताउँछन्। केहि दिन अघि मात्रै नगरमा रहेका करार कर्मचारीको नियुक्ती नविकरण विवाद र स्थानीय कर्मचारीको बढुवा विवादमा प्रमुख प्रशासकीय अधिृकत मुछिएका थिए।
लामो समयदेखि करारमा कार्यरत कर्मचारीमा उपाध्यायको ज्यादती बढिरहेको एक कर्मचारीले बताए। उनले दशकदेखि नगरमा करारमा काम गर्दे आएका कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने भएपछि केही कर्मचारी कार्यालय आउनै छोडेका थिए।









