१३ साउन
कोरोनाको महामारी फैलिरहदाँ स्याङ्जामा प्रहरी प्रमुख सहित १८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
थप कोरोना भेटिएसगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी संङक्रमित भएका छन् । साउन ६ गते लेखा र प्रबन्ध शाखाँमा कार्यरत दुई हवल्दार र एक जवान गरी तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टी भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, संचारमा कार्यरत सुरक्षाकर्मीको स्वाब लिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताउनुभयो ।
सुरक्षाकर्मीमा संङक्रमण फैलिएपछि साउन ७ गते ३० र साउन ८ गते ७३ जनाको स्वाब लिइएकोमा सोमबार एक महिला सहित १८ जनामा कोरोना संङक्रमण प्रमाणित भएको हो । स्वाब लिएका मध्ये ३५ जनामा १८ जनामा कोरोना देखिएको हो ।
सोमबार संङक्रमित पुष्टी भएकामा प्रहरी प्रमुख सहित, दुई जना असई, छ जनाा हवल्दार, आठ जना सिपाही र एक जना भान्से रहेका छन् ।
कोरोनाको संङक्रमण भेटिनु भएका प्रहरी प्रमुखले जनताको सुरक्षामा खटिदाँ संङक्रमित भएको बताउदै कोरोनामा जित हात पार्नेमा आफु ढुक्क रहेको बताउनुभयो ।यस्तै साउन ५ गते गल्याङ अस्पतालमा कोरोना संङक्रमितको उपचार गरेका एक जनाा डाक्टरमा कोरोन्ना पुष्टी भएको थियो ।
प्रहरी कार्यालयका प्रहरी प्रमुख सहित २१ जनामा कोरोना देखिएपछि पुतलीबजार भित्र कडाई गरिएको प्रजिअ गंगा बहादुर क्षेत्रीले बताउनुभयो ।उहाँले पहिलो चरणमा प्रहरी प्रमुख देखि जवान सम्मकाो स्वाब लिएको बताउदै थप संङक्रमितको संम्पर्कमा आएकाको स्वाब लिइने र खोजी अगाडी बढाइएको बताउनुभयो ।
जेठ १३ गतेबाट भारतबाट आएका दुई जनामा कोरोनाको संङक्रमण भेटिएकोमा हाल सम्म यहाँ २२३ जना संङक्रमित पुगेका छन् ।
संङक्रमित मध्ये १८८ जना निको भएर घर फर्केका छन् भने दुई जनाको निधन भएको छ ।









