११ साउन

बागलुङ। बागलुङ नगरपालिका वडा नं. १ स्थित रामरेखा सामुदायीक वनक्षेत्रमा शनिबार भीषण पहिरो गएको छ । बागलुङ–पोखरा राजमार्गको गणेश घुम्तीदेखि निरहेघाट जाने बाटोको बिचमा खसेको पहिरोले नम्बर नखुलेको एक स्काभेटर, ध १ त ४०७ नम्बरको एक ट्याक्टर र ध १ख ४६३७ नम्बर एक ट्रिपर पुरिएको प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिए । उक्त सडकमा बाटोमा बिछ्याउने सामग्री झिक्ने क्रममा पहिरो खसेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

गएराति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए । स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ ।

ढुंगा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो ।

स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ,’ प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।