१० साउन
वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमित १७ वर्षीया किशोरीको मृत्यु भएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले उपचारको क्रममा उनको मृत्यु भएको जानकारी दिए।
बारा परवानिपुर निवासी युवतीलाई सुरूमा वीरगन्ज स्थित हेल्थ केयरमा भर्ना गरिएको थियो। उनमा भाइरल इन्सेफ्लाइटिक्सको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। पछि संक्रमण पुष्टि भएपछि शुक्रबार बिहान उनलाई गण्डक अस्पताल रिफर गरिएको थियो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ।








