७ साउन

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । हाल ५३७० सक्रिय संक्रमित रहेका छन् भने १२ हजार ६८४ जना निको भएर घर फर्किसकेका छन् ।