४ साउन

एक जना व्यक्तिको लापरबाहीले रोल्पाका तीनवटा गाउँ सिल गरिएको छ । साउदी अरवबाट दुई हप्ताअघि गाउँ आएका रोल्पा नगरपालिका वडा नं ४ गुरुङ गाउँका २५ वर्षिय एक पुरुषको रिपोर्ट नआउदै क्वारेन्टाइनबाट निस्केर गुरुङ गाउँ र लिबाङ बजारमा खुलमखुल्ला हिडेपछि गुरुङ गाउँसहित ३ वटा गाउँलाई सिल गरिएको हो ।

गुरुङगाउँस्थित सामुदायिक भवनमा रहेको क्वारेन्टाइनमा बसेका ब्यक्ति कोरोनाको रिपोर्ट आउनु अघि नै बजार घुम्न थालेका थिए । उनीसँगै वडा नम्बर १० का १२ जनामा शनिवार कोरोना पुष्टी भएपछि जिल्ला कोरोना संकट व्यवस्थापन समितिले तिनवटै गाउँ सिल गर्ने निर्णय गरेको हो ।