४ साउन

काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच फेरि बालुवाटारमा भेटवार्ता  भएको छ। पटकपटक भएको वार्तामा दुई अध्यक्षबीच हालसम्म कुनै सहमति भएको छैन ।

पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न प्रचण्ड समय लिएर प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । यतिबेला दुई अध्यक्षबीच भेटवार्ता भइरहेको स्रोतले जनाएको छ । शनिबार दुई अध्यक्षबीचमा मंसिरमा अर्ली महाधिवेशन गर्ने सहमति भएको भनेर प्रचार गरिएको थियो ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेपनि त्यसमा आफ्नो कुनै समर्थन नरहेको स्पष्ट पारेका छन् ।