४ साउन
काठमाडौं । प्रधानमन्त्री केपी ओली आफुमाथीको संकट टार्ने मेसोमा अन्य नेता भन्दा माहिर छन् भन्ने पुष्टि फेरि एकपटक भएको छ । उनले निक्कै उत्र्कषमा पुगेको र आफ्नै राजीनामा माग गरिरहेका नेताहरुलाई समेत मथ्थर बनाउदै फकाउने, थर्काउने, गलाउने र नेताहरुलाई आस्वासनको पुलिन्दामा सुताएर फेरि आफै अब्बल बन्ने रणनीतिमा एकपटक सफल देखिएका छन् ।

प्रसंग हो, शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकको । उनले पार्टी भित्र आफुविरुद्ध बन्दै गएको गठवन्धन फेरि एकपटक तोडेर देखाईदिएका छन् । प्रधानमन्त्री ओली पार्टी र सरकार दुवै मोर्चामा असफल भएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका बहुमत नेताहरुले पार्टीको जारी स्थायी समिति बैठकमा राजीनामा माग गरे । यस्तै माग गत वैशाखमा पार्टी सचिवालय बैठकमा पनि भएको थियो । त्यसबेला पनि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल लगायतले ओलीको राजीनामा माग गरेका थिए ।

पार्टी विभाजनसँग सम्बन्धित अध्यादेश ल्याएर कोरोना कहरका बेला सरकारको ध्यान जनताको समस्यामा नदेखिएको आरोप लागरिहेपछि ओलीको राजीनामा पार्टीभित्र माग भएको थियो । तर त्यसलाई ओलीले सहज एउटै छेप्यास्त्र प्रहार गरि तुहाईदिए । उनले आफ्नो राजीनामा माग गर्ने नेताहरुकै सामुन्ने भनिदिए, म राजीनामा दिन्छु तर कोरोनापछि । त्यसपछिको प्रधानमन्त्री वामदेव गौतम ।

निर्वाचन हारेका र संसदमै नरहेका ब्यक्तिलाई प्रधानमन्त्री ? त्यो पनि कोरोना कहर लगत्तै ? कसरी सम्भव थियो । ओलीले त्यसबेला आफ्नो राजीनामा माग गर्दै सचिवालयका ९ मध्ये ५ जना बिच बनेको गठबन्धन भत्काउने उनको योजना थियो । नभन्दै गौतमले मुख मिठाईहाले, आफु सांसद छैन भन्ने पनि बिर्सिएर उनले पदको लालचा देखाईहाले । अनि भने, लौ भन्नुहोस्, कहिले राजीनामा दिने ? मलाई कहिले बनाउने ?

तीन दिनका बीचमा नयाँ मोड लियो, ओलीले वामदेव र बादललाई आफ्नो तिर तानेर सत्ता संकट जोगाउने रणनीतिमा सफल बने । २० वैशाखमा ओली र प्रचण्ड सहितका नेताहरुले आ–आफना कमजोरी भएको भन्दै आत्मआलोचना गरे । विवादलाई अस्थायी रुपमा टालटुल पारे । न वामदेव संसदमा जाने कुनै बाटो बन्यो, न उनी प्रधानमन्त्री नै बन्ने कुरा आयो । कुरा त्यक्तिकै सेलायो ।  नेकपाभित्रको विवाद त्यक्तिमा मात्र सिमित रहेन् । त्यसपछि पनि स्थायी समिति सदस्यले माग गरे अनुसारको बैठकको विषय पार्टीमा उठि नै रहे । अनि बोलाइयो, बल्लतल्ल असार १० बाट ।

प्रधानमन्त्री निवास बालुवाटारमै बोलाईएको बैठकमा सिधासिधा ओलीको राजीनामा माग भएको थिएन् । दुई अध्यक्षले आफ्ना असन्तुष्टि पोखेका थिए , भारतसँगको सीमा विवाद र समाधानका विषय बैठकमा छलफल हुदै थिए । तर एक्कासी प्रधानमन्त्री ओलीले असार १४ मा नक्सा सार्वजनिक गरेको विषयमा आफुलाई भारतले हटाउन षडयन्त्र गरिरहेको र त्यसमा नेपालकै नेताहरु पनि सामेल भएको गम्भीर आरोप लगाए । त्यसपछि त उनको १६ असारमा बसेको स्थायी समिति बैठकमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले धमाधम राजीनामा दुवै पदबाट माग्न थाले ।

त्यसपछि भने, नेकपा विभाजन नै हुन्छ की भन्ने तहसम्मै विवाद बढ्यो । बहुमत नेताहरुले ओलीको स्वेच्छाचारिताको विरोधमा आवाज उठाई नै रहेका थिए । तर ओलीले यो बीचमा फेरि यस्तो अस्त्र फ्याके, नेताहरु त्यही अस्त्रभित्रै रुमल्लिन थाले । अर्थात, ओलीले सम्भव नै नहुने मंसिरमा पार्टीको अर्ली महाधिवशेन गर्ने प्रस्ताव सचिवालय बैठकमा गरे । कोरोना कहर, चाडवाडको समय, सदस्यता अभिलेख नै तयार नभईसकेको अवस्था, नविकरण लगायतका कुनै काम पार्टीमा भएकै छैन, ओलीले अर्ली महाधिवशेनको प्रस्ताव बैठकमा राखे ।

त्यसैमा सहमति जनाए, अध्यक्ष प्रचण्डले पनि । विगतमा उठेको राजीनामाको प्रस्ताव तुहाउन वामदेवलाई प्रधानमन्त्रीको प्रस्ताव गरेर ओलीले उनकै शब्दमा छेप्यास्त्र प्रहार गरे । अहिले ठिक त्यस्तै सम्भव नै नहुने मंसिरमा महाधिवशेन गर्ने छेप्यास्त्र प्रहार गरेका छन् । यो छेप्यास्त्रले प्रचण्ड र माधव नेपालको बीचमा बनिरहेको गठबन्धनमा ब्रेक लाग्ने अवस्था निम्तेको छ ।  प्रचण्डले महाधिवेशनको प्रस्तावमा समर्थन जनाएपछि नेकपाको हिजो शनिबार बोलाईएको सचिवालय बैठकले नेकपाभित्रको विवादलाई नयाँ मोडमा लगिदियो ।

जसकाकारण ओलीको स्टाटेजी फेरि एकपटक सफल हुन पुगेको छ । ओलीले ५ वर्ष नै आफु सरकारको नेतृत्व गर्ने तर छिटो महाधिवशेन गरेर सम्मानजनक रुपमा नै आफु पद हस्तान्तरण गर्न तयार रहेको बताएपछि प्रचण्डले महाधिवशेन गर्ने सवालमा सहमति जनाईदिए । ओली प्रचण्ड त्यस अगाडी बालुवाटारमै झण्डै दुई घण्टा बढी छलफलमा बसेर आएका थिए । त्यसपछि सचिवालयमा माहोल नै अर्काे बन्यो । ओलीको राजीनामाको विषय पर्दा पछाडी धकेलियो ।  वरिष्ठ नेता नेपालले दुई नेताको चोचोमोचो आफुलाई स्वीकार्य नभएको भन्दै आफु आफ्ना विषय लिएर राष्ट्रब्यापी कार्यकर्ता भेलामा जाने उदघोष नै बैठकमा गरिदिए । यसले प्रचण्ड माधव सम्वन्धमा समेत संकट ल्याईदिएको छ ।