२ साउन
पर्वत । पर्वत जिल्लामा थप १७ जना कोरोना संक्रमीत निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार विहिबार मात्रै १७ जना संक्रमीतको पिसीआर चेक गर्दा रिर्पोट नेगेटिभ आएको हो ।
उनीहरुलाई डिस्चार्ज गरिएको छ । जिल्लाका कुल ९४ जना संक्रमीत मध्ये अव भने ५ जना मात्रै उपचारको क्रममा अस्थायी कोरोना अस्पतालमा रहेका छन् । संक्रमीत थपिने भन्दा निको हुने दर पर्वतमा बढेर गएको छ ।
एकै दिन १७ जना डिस्चार्ज भएपछि आइसोलेसनको भरीभराउ वेडहरु खाली भएका छन् । संक्रमणको दर पर्वतमा घट्दो गतिमा अघि बढेको देखिन्छ ।
स्वास्थ्य कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीका अनुसार आइसोलेसनमा रहेका कसैमा पनि अहिलेसम्म संक्रमणको लक्षण देखिएको छैन ।
अहिले पुलिङ क्वारेन्टाइनमा बस्नेको संख्या पनि घटिरहेको छ ।









