Uml chairman Kp oli addresses the parliament meeting at baneshor Kathmandu on Monday, April 24, 2017 Photo: Nagarik/republica

१ साउन

काठमाडौं । प्रचण्ड र माधव नेपालसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग परामर्श थालेका छन् ।

सचिवालय सदस्य ईश्वर पोखरेल,महासचिव विष्णु पौडेल,संसदीय दलका उपेनता सुवास नेम्वाङ सहितका नेताहरु प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा छन् । शुक्रबारको बैठकअघि प्रचण्ड माधव नेपाल पक्षसँग सहमतिको सम्भावना नदेखिएपछि प्रधानमन्त्रीले निकट नेताहरुसँग परामर्श गरेका हुन् ।

प्रचण्ड र माधव नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजिनामा दिन आग्रह गरेका छन् । ओलीले भने दुवै पदबाट राजिनामा नदिने भन्दै सकेको गरेर देखाउन चुनौती दिँदै आएका छन् । प्रधानमन्त्री निवासमा ओली पक्षधर नेताहरुको उपस्थिति बाक्लिएको छ ।