फाईल तस्विर

१ साउन

कास्की । सशस्त्र प्रहरीका एक उच्च अधिकारी बलात्कार आरोपमा पक्राउ परेका छन् । सशस्त्र प्रहरी तालिम केन्द्र पोखरा लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेको कास्की प्रहरीले जनाएको छ।

बलात्कार आरोपमा अधिकारी बुधबार पोखराबाटै पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । अधिकारीले  आफूलाई आफ्नै क्वाटरमा खाना खान बोलाएर बलात्कार गरेको आरोप युवतीले लगाएको प्रहरीले जानकारी दिएको छ । युवतीले फोनबाट जानकारी दिएपछि प्रहरीले आरोपित अधिकारीलाई  नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार २७ वर्षीय ती युवती १० बजेतिर स्कुटर चढेर अधिकारीको क्वाटरमा पुगेको  र  तीन बजेतिर उनले फोनबाट आफू बलात्त्कृत भएको जानकारी दिएकी थिइन् । त्यसपछि जिल्ला प्रहरी कार्यालयमा खबर भयो । कास्की प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको हो ।

युवतीलाई  स्वास्थ्य परीक्षण गर्न पठाइएको प्रहरीले जनाएको छ । हेल्थपाटीवाट