३१ असार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ गुईठको भीरबाट मंगलबार साँझ टिपर कालीगण्डकी नदीमा खस्दा चालक बेपत्ता भएका छन् । प्रहरीका अनुसार मंगला गाउँपालिका ५ अर्मन छिस्वाङका चालक ज्ञानबहादुर पुन बेपत्ता भएका हुन् ।

अन्नपूर्ण गाउँपालिका ६ घारमा निर्माणाधीन १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको बा२क ३४२४ नम्बरको टिपर गिटीबालुवा लिएर कार्यस्थलतर्फ फर्कने बेलामा पहिरोग्रस्त गुईठे भीरबाट कालीगण्डकीमा खसेको प्रहरी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख डिएसपी किरण कुँवरका अनुसार सडकका डिलसहित भासिएपछि टिपर नदीमा खसेको हो ।