२७ असार
पर्वत । पर्वत जिल्लाको गुप्तेश्रर क्याम्पसमा स्थापना भएको अस्थायी कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमीत २० जनाको रिपोट नेगेटिभ आएको छ । उनिहरुलाई आज डिस्चार्ज गर्ने तयारी गरिएको छ । त्यसै गरि पिसिआर चेक गर्दा १९ जना करेन्टिनमा रहेकाको नेगेटिभ रिपोट आएको छ भने १ जना नयां संक्रमीत थपिएका छन् । हाल सम्म पर्वतमा पोजेटिभ देखिनेको संख्या भने ९१ पुगेको छ ।
एक जना २५ बर्षिया महिलामा पोजेटिभ संक्रमण भेटिएको छ । समुदायमा गरिएको स्वाब संकलनमा पनि पोजेटिभ केस फेला नपरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सुचना अधिकृत प्रविन भण्डारीका अनुसार पर्वत अस्थायी कोरोना अस्पतालमा उपचार गराईरहेका २० जनालाई डिस्चार्ज गर्ने तयारीमा रहेको जानकारी दिनू भयो । आइसोलेसनमा राखिएका मध्ये थप २० जनाको रिर्पोट नेगेटिभ आएर उनीहरु डिस्चार्ज हुन लागेका हुन । अहिले आइसोलेसनमा ५२ जना भर्ना भए का छन् । २० जना डिस्चार्ज हुँदा अव आइसोलेसनमा वांकी ३२ जना रहनेछन् । उनिहरुको स्वास्थ्य अवस्था पनि सामन्य रहेको छ ।









