२२ असार
काठमाण्डौ उपत्यकामा सोमबार थप ५४जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य मन्त्रलायले यसको पुष्टि गरेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको प्रेस ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले काठमाडौंमा थप २४ जना, भक्तपुरमा १० जना र ललितपुरमा २० जनामा संक्रमण भेटिएको पुष्टि गरेका हुन् ।
यस्तै आज देशभर आज १ सय ८० जना संक्रमित थपिएका छन । अब नेपालमा कोरोना संक्रमितको कुल सङ्ख्या १५ हजार ९ सय ६४ पुगेको छ । डा. गौतमका अनुसार हालसम्म उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ८ सय ११ जना डिस्चार्ज भएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर २ लाख ५५ हजार ७२८ जनाको पिसिआर पद्दतीबाट कोरोना परिक्षण गरिएको छ । नेपालमा २९ हजार २ सय १५ जना क्वारेन्टाइनमा छन् भने ९ हजार ११८ जना आइसोलेसन वार्डमा उपचाररत रहेका छन् ।
लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक काठमाडौँका बिभिन्न नाकाबाट उपत्यकामा प्रवेश गर्नेको संख्या समेत बृद्धि भएको छ ।









