२० असार
पोखराकोमा दुई वटा मोटरसाईकल एकआपसमा जुध्दा भएको आगलागीमा दुईवटै मोटरसाईकल जलेर नष्ट भएका छन । यस्तै मोटरसाइकलमा सवार ४ जना घाईते भएर अस्पताल पुगेका छन ।
पोखराको नयाँबजारमा दिउँसो ४ बजेको समयमा मोटरसाइल जुधेर ४ जना घाईते भएको प्रहरीले पुष्टि गरेको छ ।ग १४ प ३८६१ र ग १६ प ४४४१ नम्बरको दुइटै मोटरसाइकलमा २/२ जना सवार थिए।
प्रत्यक्षदर्शीका अनुसार मोटरसाइकल जुध्नासाथ आगलागी भएको थियो ।स्थानीयले मोटरसाईकलमा लागेको आगो निभाउन प्रयास गरेपनि नसकेपछि महानगरपालिकाको दमकल बोलाएर आगो निभएका थिए । घाईतेको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको छ ।









