पर्वत जिल्लामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परिक्षणमा पर्वतको कुस्मा र फलेबास नगरपालिकाका एक एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमा कुस्माका २७ बर्षिय पुरुष र फलेबासका २१ बर्षिय पुरुष रहेका छन । यो संगै पर्वतमा संक्रमितको संख्या ८८ पुगेको छ ।
अहिले सम्म २७ जनाले कोरोना जितेर घर फर्केका छन । यस्तै बिहीबार बिहान पर्वत सहित गण्डकी प्रदेशमा नयाँ ८ जना संक्रमित थपिएका छन । पर्वत बाहेक बागलुङमा १ जना, स्याङजामा २ जना र तनहुँमा ३ जना संक्रमित थपिएका छन । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १०१४ पुगेको छ ।









