१८ असार

पर्वत । हरिशयनि एकादशी व्रतको अवसर पारि आज कमल पोखरी पौडेल कुल मन्दिर मोदि गाउँपालिका पाँच बाजुङ लाम्पटले मन्दिर परिसरमा वृक्षरोपण गरेको छ। कुल मन्दिर संरक्षण समितिका अध्यक्ष रबिलाल पौडेल र सचिब चन्द्र प्रकाश ( सुमन )को सक्रिय नेतृत्वमा कुल मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ ।

कुल मन्दिरको संरक्षण तथा मन्दिर परिसरलाई थप मनोरम एवं प्रकृतिक हिसाबले आगामी दिनमा पहिरो लगायतका बिपत्ति बाट थप सुरक्षित वनाउनको लागि आ-आफ्नो टोल छिमेकमा बिभिन्न सामाजिक उत्तरदायित्वका क्रियाकलाप पनि गरिएको कमलपोखरी पौडेल कुल देवता मन्दिरका सचिव चन्द्र प्रकाश पौडेल (सुमन) ले बताउनु भयो ।

उक्त वृक्षरोपण कार्यक्रममा कुल मन्दिर समिति का कोषअध्यक्ष बिक्रम हमाल समिति सदस्य देविलाल पौडेल, सल्लाहकार आनन्द पौडेल, युवा समाजसेवी प्रबिन हमाल ,दिपेश हमाल कृष्ण पौडेल ,सन्तोष पौडेल, इन्द्रमणि पौडेल, खिमलाल पौडेल, जेष्ठ नागरिक महिला कलि देबि पौडेल लगायत कमलपोखरी पौडेल कुल मन्दिर परिवारका विभिन्न ब्यत्तित्वहरुको उपस्थिति रहेको थियो ।

करिव ६० भन्दा धेरै बिरुवा रोपिएको छ । ११३ घर धुरी रहेको कमलपोखरी पौडेल कुल मन्दिर उत्कृष्ट मन्दिर रहेको छ ।