१७ असार

जाजरकोट । जाजरकोट भेरी नगरपालिका ११ जगतिपुरका दुई बर्षिय एक बालक पहिरोमा परि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर रहेका छन् । गंम्भीर घाईते गणेशलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरि कोहलपुर मेडिकल कलेज लगिएको छ भने घाईतेलाई सुर्खेत लगेपनि त्यहाँ उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेजमा उपचारको लागी लिएको हो ।

घर नजिकैबाट परिहो आउन थालेपछि गणेश वरको परिवार पशु चौपायाको उद्धार गर्न निस्केको समयमा बालक बेपत्ता भएका हुन् । पहिरोमा परि बेपत्ता बालकलाई दिनभर खोज्दा पनि फेला पर्न नसकिएको बताइएको छ ।

पहिरो आएपछि चौपायकाको उद्धार गर्न श्रीमति सहित बालक बाहिर निस्केको बेला आमाको काखमा थियो । श्रीमान पहिरोमा लडेपछि श्रीमानलाई वचाउन खोज्दा छोरो पहिरोमा बेपत्ता भएको बताइएको छ ।