१२ असार

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी निरीक्षक र एक कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको जानकारी दिएको छ ।

अख्तियारको कञ्चनपुर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताए । अख्तियारले कानुन व्यवसायी विष्टको कार्यालयमा छापा हान्दा दुवै जनालाई घुस रकमसहित रंगेहात पक्राउ गरिएको विष्टले बताएका छन् ।

उनीहरुले जबर्जस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाईदिन्छु भन्दै ५० हजार घुस लिएको अख्तियारको आरोप छ ।