११ असार
पछिल्लो २४ घण्टामा थप ४ सय ३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालका विभिन्न जिल्लाका ४३४ जनामा कोरोना संक्रमित भेटिएको जानकारी दिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार १ सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । साथै पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ५० पुगेको छ ।
यस्तै पोखरामा उपचारका क्रममा मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुष र पाटन अस्पतालमा मृत्यु भएका ५० वर्षीय पुरुषको कोरोनाकै कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा अहिलेसम्म २६ जनाले कोरोनाबाट ज्यान गुमाइसकेका छन् ।









