८ असार
पोखरा । गण्डकी प्रदेशमा थप नयाँ २० जना कोरोना संक्रमित थपिएका छन । सोमबार बिहान थपिएका मध्य १२ जना स्याङ्जाका र ८ जना नवलपुरको रहेका छन ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ८ जना पुरुष र २ जना महिला त्यस्तै कालीगण्डकी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय ४० जना पुगेको छ ।

संक्रमितहरु सबै भारतबाट फर्किएर सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।