७ असार
पर्वत । पर्वतको कुस्मामा एघार बर्षिया बालिकालाई यौन दुराचार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्रेको छ ।
पर्वतको कुश्मा नगरपालिका वडा नं ४ बस्ने बर्ष १९ बर्षिय बिपिन परियारलाई बाल यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्रेको हो ।
मामाघरबाट आफ्नो घर फर्कदै गरेकी बालिकालाई शनिबार दिउँसो ४ बजेको समयमा आरोपित युवाले यौन दुब्र्र्यबहादर गरेको बताइएको छ ।

अभियुक्त परियारका बिरुद्ध प्रहरीमा उजुरी परेपछि शिनबार नै प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

अभियुक्त परियारका बिरुद्ध बालयौन दुरुपयोग अपराध शिर्षकमा मुद्धा दर्ता गरी जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान थालिएको प्रनि सुबेदीले जानकारी दिनुभयो ।