७ असार

पर्वत । एक २२ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा सडक निर्माण कम्पनीका साईड इन्चार्ज पक्राउ परेका छन ।

पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ४ का ३२ बर्षिय रविन जिसीलाई असार ५ गते शुक्रबार पक्राउ परेका हुन । आरोपित जिसीले जेठ १६ गते जलजला गाउँपालिका वडा नं ७ धाइरिङ्गमा आफुलाई बलात्कार गरेको भन्दै पिडित युवतीले असार ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आफुलाई बलात्कार गरेर सामाजिक रुपमा असह्य हुने गरी हिंसात्मक तबरबाट प्रचारबाजी गरेको आरोप लगाएकी छन । आरोपित जिसी पर्वतको जलजला गाउँपालिकामा निर्माणाधिन मिलनचोक धाइरिङ ठोट्नेरी सडकमा साइड इञ्चार्जको रुपमा कार्यरत रहेका छन् ।

उनलाई प्रहरीले उजुरी परेकै दिन शुक्रबार सोही स्थानबाट नियन्त्रणमा लिएको थियो भने बेनी अस्पताल म्याग्दीमा स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखेको छ । आइतबार दिउँसो आरोपित जिसीलाई सरकारी वकिल कार्यालय पर्वत मार्फत जिल्ला अदालतमा म्याद थप गरिएको प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।