७ असार

मुस्ताङमा पहिलोपटक एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ  । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार  मुस्ताङका घरपोजङ गाउँपालिकाका ८३ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत जेठ ३१ गते काठमाडौँको बौद्धबाट  मुस्ताङ पुगेका थिए ।

त्यहाँ उनको र्यापिड टेष्ट गरिएको थियो र -यापिड टेष्टका क्रममा पोजेटिभ देखिएपछि उनको स्वाब थप परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला पोखरामा पठाइएको थियो । शनिबार उनको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । -यापिड टेष्टका क्रममा पोजेटिभ देखिएलगत्तै उनलाई मुस्ताङ जिल्ला अस्पताल, जोमसोमको आइसोलेसनमा राखिएको थियो । संक्रमित पुरुष उच्चरक्तचापको बिरामी हुन र आफुँलाई स्याहार गर्न सक्ने अवस्थामा छैनन् ।

स्वास्थ्य कार्यलय मुस्ताङका अनुसार उनको अवस्था सामान्य छ र उनी अहिले स्वास्थ्यकर्मीको निगरानीमा छन् ।