३ असार
पर्वत । गत शनिवार ३१ गते पहिरोमा हराएका जेनिश विक आज विहान भेटिएका छन् । उनी घर देखी २०० मिटर तल भेटिएका हुन । आमा र वैनी संगै सुतेका जेनिष शनिवार ८ वजे सांझ आएको पहिरोले वगाएको थियो । कुश्मा नगरपालिका वाड नं. ३ दुर्लुङमा गएको पहिरोले तुल वहादूर थापा, मीनकुमारी थापा, दिपा थापा,विवेक थापा, सम्राट थापा, विदिष थापाले ज्यान गुमाएका थिए । जेनिष विककी आमा कमला विक वैनी जेनिशा विकले पनि ज्यान गुमाएका थिए  । १२ वर्षीय जेनिश भने ५ दिनदेखि वेपत्ता रहेका थिए ।
पर्वतस्थित सुरक्षाकर्मी र स्थानियको लगातर खोजि गर्दा समेत नभेटिए पछि नेपाल प्रहरीले गण्डकी प्रदेश कार्यालयवाट कुकुर ल्याई खोजतलास गरेको थियो । त्यति गर्दा पनि नभेटेएिका जेनिस वि क आज विहानै स्थानियको सहयोगमा खोज तलास गर्दा घर भन्दा २ सय मिटर तल भेटिएको स्थानियवासी पृतम गुरुङ्गले जानकारी दिनूभयो ।
उनि संगै पहिरोमा मृत्यू भएका ९ जनाकै शव भेएिको छ । ८ जनाको पोष्टमार्टम गरि शवको दाहसंस्कार गरिसकिएको छ । जेनिश विकको आज नै पोष्टमार्टम गरि दाहसंस्कार गरिने वातइएको छ ।