सांकेतिक तस्विर
३२ जेठ
पर्वत । पर्वतको दुर्लुङ ढकालबारिमा हिजो राति ८ बजे भिषण पहिरो गएको छ । पहिरोले दुई घर पुर्ण रुपमा बगाएको छ । भने ९ जनाको मृत्यु भएको छ । गाइवस्तु समेत पहिरोले वगाएको छ । हिजो नै घटनास्थला पूगेको सुरक्षाकर्मी र स्थानियको सहयोगमा खोजतलास गर्दा ३ जना ५८ वर्षिय तुल बहादुर थापा,मीन कुमारी थापा र नातिनि विविशा थापा पहिरो मा पुरिएको अव्यवस्था मृत फेला परेका थिए । थप ६ जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेहरुमा सम्राट थापा,दिपा थापा,विवेक थापा ,कमला विक,जेनिस विक र प्रमिसा विक रहेका छन् । उनिहरुको स्काभेटर प्रयोग गरि खोजि कार्य जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतले जनाएको को छ । घटना घटेको लगत्तै नेपाल प्रहरी,नेपाली सेना,ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका थिए ।

राति अवेर सम्म खोजतलास गर्दानि वेपत्ता भएका भेटिएका थिएनन । घटना स्थल नजिकै रहेका अन्य थप ३ घर परिवार जोखिममा परे पछि अन्यत्र सुरक्षित स्थानमा सारिएको छ । आज विहानै वाट वेपत्ताको थप खोजतलास गरिने भएको छ ।