सांकेतिक तस्विर

२६ जेठ
अछामको बयलपाटा अस्पतालले लकडाउनका बेला कामबाट निकालिदिएपछि एक कामदारले अस्पताल परिसरमैआत्मदाहको प्रयास गरेका छन । जिल्लाको साफेबगर नगरपालिका बासिन्दा सिद्धार्थ आउजीले आफ्नै शरिरमा आगो लगाएर आत्महत्याको प्रयास गरेका हुन । केही दिनअघि अस्पतालले कामबाट निकालिदिएपछि तनावमा रहेका उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए ।

अस्पताल परिसरमै आगोले जल्दै गरेका उनलाई अन्य कर्मचारी र स्थानीयले आगो निभाएर अस्पताल पठाएका छन । जलेर गम्भीर घाईते बनेका उनलाई हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेज पठाईएको छ । अस्पतालले आर्थिक अभावको कारण जनाउँदै ३३ जना कर्मचारीको करार सम्झौता थप गरेको छैन । ३३ जनामध्ये आउजी शौचालय सफाई गर्ने कर्मचारी हुन्। न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयल्पाटा अस्पतालले जेठबाट कर्मचारी कटौति गरेको छ।

लकडाउनकै बेला जागिरबाट निकालिएपछि उनीसहितका कर्मचारीहरु तनावमा थिए। सहयोग बन्द भएपछि आर्थिक अभावका कारण कर्मचारी कटौति गरिएको दाबी न्याय हेल्थ नेपालको दाबी छ । संकटकैबेला जागिरबाट अचानक निकालिएदिपछि ती कर्मचारी चरम आर्थिक अभावले पीडामा थिए ।