२१ जेठ

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनको सङ्ख्या ९ पुगेको छ । बुधबार दोलखाका ७६ वर्षिय एक पुरुषको मृत्यु भएपछि नेपालमा कोराना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको हो ।

काठमाण्डौको त्रिवि शिक्षण अस्पतालको आईसोलेसनमा भर्ना भएका उनको बुधबार मृत्युु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनलाई काठमाडौंको सिनामंगलको केएमसी अस्पतालबाट कोरोना संक्रमण देखिएपछि जेठ १४ गते राति टिचिङ ल्याइएको थियो।

संक्रमित वृद्धको लडेर टाउकोमा चोट लागेपछि  गौरीशंकर सामुदायिक अस्पताल भर्ना गरिएको भएपनि  थप उपचारका लागी उनलाई उक्त अस्पतालले काठमाडौं रिफर गरिदिएको थियो। टाउकोमा लागेको चोटका कारण न्यूरो सर्जरी समेत गरिएका उनको कोरोना संक्रमणपछि श्वास प्रश्वासमा समेत समस्या देखिएको थियो । मृतक दोलखा जिल्लाको  भिमेश्वर नगरपालिका – २ का बासिन्दा हुन ।