२० जेठ

काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलिरहेका रामचन्द्र सांघाइ, अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, गोविन्द अग्रवाल, नन्द शर्मा, विमल खेतान, विमल अबुजा र निक्की जोगाईलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ९ जना व्यापारीलाई नगदसहित पक्राउ गरेको हो। उनीहरुका साथबाट प्रहरीले दुई लाख रुपैयाँभन्दा नगदसमेत बरामद गरेको छ। उनीहरु सबैलाई महानगरीय प्रहरी वृत दरबार मार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।