१५ जेठ
पर्वत । पर्वत प्रहरी प्रमूख श्यामू अर्यालको सरुवा भएको छ । आज प्रहरी प्रधान कार्यालयले ८४ जना प्रहरी नायव उपरिक्षकको सरुवा गर्ने क्रममा पर्वतका अर्याललाई पनि सरुवा गरेको हो । उहांको सरुवा प्रहरी प्रधान कार्यालय साईवर व्यूरो कानुनी परामर्श काठमाडौंमा गरेको छ । पर्वतमा भने नयां प्रहरी प्रमूखको रुपमा विश्वराज अधिकारी आउनु हूने भएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय प्रहरी महाशाखा काठमाडौमा कार्यरत अधिकारीको पर्वतका सरुवा भएको हो ।
पर्वतका प्रहरी प्रमूख श्यामू अर्याल पर्वत जिल्लामा सरुवा भई आएको करिव १४ महिना पुरा भएको छ । उहांको कार्यकालमा पर्वतमा शान्ति सुरक्षा र अमनचयनमा उल्लेख्य काम भएका छन् । पर्वतको विपद व्यवस्थापन,लैगिंक हिंसा रोकथाम,सामूदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत पर्वतका ७ वटै स्थानिय पालिकामा निरन्तर सचेतनाका कार्यक्रम अगाडी वढाउनू भएको थियो । पर्वत जिल्लाका सरोकारवाला राजनैतिक दल,स्थानिय पालिका,नागरिक समाज,संचारकर्मी संग राम्रो समन्वय गरि शान्ति सुरक्षा कायम गर्न उल्लेख्य भुमिका निर्वाह गर्नु भएको थियो ।
नोवेल कोरोना सक्रमणलाई न्यूनिकरण गर्न अर्यालले राम्रो भूमिका खेलेको कारण हिजो मात्रै सम्माननित पनि हूनूभएको थियो । अर्याल यस अघि पनि पर्वत जिल्लामा प्रहरी निरीक्षकको रुपमा काम गरि सक्नू भएको थियो ।