१५ जेठ
नेपालमा कोरोना संक्रमितको सङ्ख्या १ हजार नाघेको छ । विहिबार एकैदिन १ सय ५६ जना संक्रमित भेटिएपछि नेपालमा संक्रमितको सङ्ख्या १ हजार नाघेको हो । स्वास्थ्य मन्त्रालयले विहिबारमात्रै देशभरका विभिन्न प्रयोगशालामा गरेको परिक्षणमा १ सय ५६ जनाको नतिजा पोजेटिभ देखिएको पुष्टि गरेको छ ।
बिहिबार भेटिएका संक्रमितमध्ये सबैभन्दा बढि धनुषामा २९ भेटिएका छन । यस्तै झापामा २५, सप्तरीमा १४, नवरपुरमा १, महोत्तरीमा १४, रौतहटमा २०, सर्लाहीमा ७, सिराहमा ६, दोलखामा २, सोलुखुम्बुमा १, बझाङमा १, सुर्खेतमा १३, स्याङ्जामा ३, दार्चुलामा १, कैलालीमा २, मकवानपुरमा १, बर्दियामा ३, बाँकेमा १ जना छन ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज भेटिएका संक्रमितहरु १ सय ४८ जना पुरुष हुन भने ८ जना महिला हुन । उनिहरुको उमेर १३ महिना देखी ७८ वर्षसम्मको छ । अहिले सबै संक्रमितको अवस्था सामान्य भएपनि दोलखाका ७६ वर्षिय पुरुषको अवस्था गम्भीर रहेकाले टिचिङ अस्पताल महाराजगंजको भेण्टिलेटरमा राखेर उपचार भईरहेको छ ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै संक्रमितको संख्या १०४२ पुगेको छ। जसमा पुरुष ९४० जना र महिला १०२ जना रहेका छन्। कोरोना संक्रमितको संख्या बढेसँगै मृतकको संख्या पनि ५ पुगेको छ। बुधबारसम्म १८७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। पछिल्लो पटक पर्साका चारजना संक्रमित निको भएर घर फर्किएका छन्। बुधबार साँझ ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट ज्यान गएको थियो।









