१५ जेठ
पर्बत ।  बिश्वभरी फैलिरहेको कोरना माहामारी छिमेकी जिल्ला स्याङजा र बागलुङमा पनि संक्रमण पोजेटिभ देखिन थालेसंगै पर्बतको कुश्मा नगरपालिकाले कार्यलय बाट सम्पादन हुने केहि कार्यहरु बन्द गर्ने निर्णय गरेको छ ।

कोरनाको कारण पर्ने असर तथा भारतबाट जिल्ला आउने क्रम बढेसंगै संक्रमण न्युनिकरणको लागि नगरपलिकाले यस्तो कदम चालेको कुश्मा नगरपालिका कार्यलयले जनाएको छ ।

कुश्मा नगरपालिका समेत संक्रमणको उच्च जोखिममा रहेकोले कुश्मा नगरपालिका तथा वडा कार्यलय बाट सम्पादन हुने स्बास्थ सेबा, फोहोरमैला ब्यवस्थापन, दमकल लगायतका अत्यावश्यक सेबाहरु बाहेक अन्य नियमित सेबाहरु योजना सम्झौता, फरफारक भुक्तानी लगायतका कार्यहरु अर्का सुचना नआएसम्मको लागि बन्द गरीएको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगेनिद्धारा जारी हस्ताक्षरीत बिज्ञप्तीमा जनाईएको छ ।