१२ जेठ
काठमाडौँ – नेपाल राष्ट्र बैंकले पूर्वराजाको तस्बिर अंकित नोट नचलाउने निर्णय गरेको छ । आइतवार नेपाल राष्ट्र बैंकले परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट नचलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
त्यस्तै राष्ट्र बैंकले यस्ता नोट चलन चलतीका लागि बजारमा नपठाउन पनि निर्देशन दिएको छ । यदि त्यस्ता नोट आएमा बैंकले रंङको स्लिप प्रयोग गरी नोट कोष तथा राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने बताइएको छ ।
राष्ट्र बैंकले जारी गरेको परिपत्रमा झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा नबुझिने गरि रंग लागेको वा च्यातिएको नोटलाई बैंक तथा वित्तीय संस्थाले निष्काशन नगर्न अनुरोध गरेको छ ।









