११ जेठ

जनकपुरबाट एक जना कोरोना संक्रमित फरार भएका छन् । आइतबार बिहान प्रादेशिक अस्पताल, जनकपुरको आइसोलेसनबाट  ४० वर्षीय कोरोना संक्रमित फरार भएका हुन् ।

उनी अस्पतालको झ्याल फोडेर फरार भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।अस्पतालका अनुसार उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक/पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।

संक्रमित अस्पतालबाट फरार भएपछि उनको खोजी थालेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए । संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।