९ जेठ
कैलाली । कैलालीको गौरिफन्टा नाकाबाट भित्रिएका सबैको कोरोना परीक्षण नहुँदा सुदूरपश्चिम प्रदेशमा जोखिम बढेको छ ।
गौरीफन्टा नाकाबाट जेठ २ र ३ गते ९५० जना र जेठ ७ र ८ गते जना भारतीय सीमा क्षेत्रबाट स्वदेश फर्किएका छन् । त्यसपछि जेठ ७ र ८ गते ३ हजार ३ सय भन्दा बढी स्वदेश फर्किएका छन् ।
जेठ ७ र ८ गते भित्रिएकामध्ये ९५० जनाको मात्र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गरिएको छ भने अरु मानिस विना परीक्षण आफ्नो आफ्नो स्थानीय तहमा पुगेका छन् ।
भारतबाट जेठ महिनाको ४ दिनमा ४ हजार तीन सय भन्दा बढी नागरिक भित्रिएका छन् । तीमध्ये ३ हजार बढीको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।
‘हामीसँग पर्याप्त किट नहुँदा परीक्षण गर्न समस्या आएको हो’ कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘बाँकी रहेकाहरुलाई सम्बन्धित स्थानीय तहले नै परीक्षण गर्ने भन्दै पठाइरहेका छौं ।









