९ जेठ
डोटी ।  एक बालक भालुको आक्रमणबाट घाईते भएका छन । जिल्लाको आदर्श गाउँपालिका – ६ का बालक भालुको आक्रमणबाट घाइते भएका हुन । बिहिबार आदर्श गाउँ पालिका ६ को सबखोला भैसीखर्क खेतमा १३ वर्षका सुरेश बोहरालाई गोरु चराउने क्रममा भालुले आक्रमण गरेको हो ।

घाइते बोहरालाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुगाईएको भएपनि त्यहा उपचार हुन नसकेपछि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल डोटीका डाक्टर राजिप निउपानेले जानकारी दिएका छन ।

उनले घाइते बोहराको टाउको छाती दाइने हातको छाला सहित हड्डीको भित्री भागमा चोट लागेको बताए । अवस्था गम्भीर भएकाले जिल्ला अस्पतालमा सामान्य उपचार पछि रिफर गरिएको अस्पतालले जनाएको छ ।